साथीसँग पत्नीको आपत्तिजनक भिडियो देखेपछि, बच्चाकै सामु पत्नी र परिवारमाथि गोलीप्रहार

आजको खबर   |    प्रकाशित : २०७५ पुष २२ गते ५:५७

एजेन्सी । अष्ट्रेलियास्थित मेलबर्नमा साथीसँग पत्नीको आपत्तिजनक भिडियो देखेपछि एक व्यक्तिले बच्चाकै सामु पत्नी र परिवारमाथि गोली चलाएका छन्। हत्या प्रयासको आरोपमा ती व्यक्तिमाथि मुद्दा दर्ता गरिएको छ। त्यहाँका प्रहरी अधिकारीका अनुसार नयाँ वर्षका दिन बेलुकी ५ बजे यो घटना भएको थियो। ३९ वर्षीय विलियम ब्रियन स्टिलवेनले मोबाइल फोनमा पत्नीको एक भिडियो देखेका थिए। पत्नीको भिडियो देख्ना साथ ती व्यक्ति आक्रोशमा आए। त्यसपछि उनले पत्नी, सासु र ससुरामाथि गोली चलाए।

हत्या प्रयासको आरोपमा स्टिलवेललाई जेल पठाइएको छ। पीडितको खुट्टा र शरीरको तलको भागमा गोली लागेको छ। सबै घाइतेको अस्पतालमा उपचार भइरहेको छ। सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ। घटनाका क्रममा बच्चाले बाबुसँग आमालाई नमार्न आग्रह गरिरहेका थिए। जब आमाले आफ्ना बच्चालाई त्यहाँबाट भाग्न आग्रह गरिरहेकी थिइन्।

२०७५ पुष २२ गते ५:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर