जन्मदिन मनाइरहेका ५ जनाको आगलागीका कारण मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ पुष २२ गते १३:०६

पोल्याण्ड । पोल्याण्डको उत्तरी क्षेत्रमा अवस्थित एउटा घरको बन्द कोठाभित्र जन्मदिन मनाइरहेका ५ जनाको आगोलागीको कारणबाट मृत्यु भएको छ ।

हिटरमा समस्या उत्पन्न भएपछि भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको स्रोतले जनाएका छ । हिटरमा समस्या आएपछि पोल्याण्डमा भएको आगलागीमा परी
कोस्जालिन सहरमा शुक्रबार यो आगलागीको घटना भएको हो । करिब १५ आसपासमा ती किशोरीहरुको शव उद्धारकर्ताहरुले निकालेका छन् । अग्नी नियन्त्रकहरुले ती किशोरीहरु मध्ये एक जनाको जन्मदिन परेकाले जन्मोत्सव मनाउनेक्रममा आगलागी भएको बताएका छन् । उनीहरु ढोका लगाएर कोठा भित्र खेलिरहेका थिए ।

घटनामा परी डडेर घाइते भएका एक जना २६ बर्षीय व्यक्तिलाई भने उपचारका लागि अस्पताल भर्ना गरिएको छ । हिटरनजिकै रहेको ग्यास सिलिण्डरबाट ग्यास चुहिएपछि आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आगलागीबाट घर भित्रका सामानहरुमा समेत क्षति पुगको घटनास्थलमा पुगेका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

२०७५ पुष २२ गते १३:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर