नेपाली मन त हो ! सगरमाथामा पनि बचाए विदेशीको जीवन, यस्तो छ पुरा आरोहण (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ पुष २४ गते १२:५१

दुनिँयाकै सबैभन्दा अग्लो शिखर सगरमाथा जुन हामी नेपालीको पहिचान हो । नेपालको हिमाली भेगमा पर्ने यो ठाउँ सगरमाथा अञ्चलमा रहेको सोलुखुम्बु जिल्लामा पर्दछ । हाल विश्वभरिका साहसिक पर्यटक यसको आरोहण गरेर आफुलाई विश्वमा चिनाउन चाहान्छन् । सतहबाट ८,८४८ मिटर माथी रहेको यो स्थानमा पुग्न सोचे र भने जस्तो सजिलो भने पक्कै छैन। यसको टुप्पोमा पुग्ने मासिले धेरै वटा मृत्युको बाटोलाई जितेर यहाँ सम्म पुगेको हुन्छ । सगरमाथाको आरोहण गर्ने क्रममा कयौँ मानिसको मृत्यु भएर वेवारिसे रुपमा रहेका लडिरहेका शवहरु यहाँ देख्न पाइन्छ ।

सन् १९२१ देखी यसमा आरोहण गर्ने क्रम सुरु भएको थियो । त्यसबेला हालजस्तो सुविधाहरु थिएन र मानिसहरुलाई आरोहण गर्न निकै कठिन थियो , सुरुसुरुमा हजाँरौ मानिसहरुको ज्यान गयो तर पनि मानिसले यसको आरोहण गर्न छाडेनन् । सन् १९५२ मा नेपाली शेर्पा तेनसिंह र स्विजरल्यान्डका रेमन्डले सगरमाथाको टुप्पोमा पुग्ने लक्ष्य लिए । सन् १९५२ मा यि दुईजना करिब ८,००० मिटर माथी सम्म पुगे र्दुर्भाग्यवस् यिनीहरुले आफ्नो लक्ष्य सम्म पुग्न सकेनन् । तर नेपाली शेर्पा र स्विजरल्यान्डक रेमन्डले ठानिसकेका थिए कि हामी पुगेरै छाड्छौँ । पछि ९ अप्रिल १९५३ बाट यि २ का साथ अन्य २ न्युजिल्याण्डका नागरिकले सगरमाथाको यात्रा सुरु गरे अनेकौँ कठिनाईलाई पर्खास्त गर्दै आफ्नो उद्देश्यलाई पुर्णरुप दिन तथा विश्वमै पहिलोपटक सफल सगरमाथा पर्वतारोहण गर्नै भएकाले यिनीहरुले समस्यासंग सम्झौता गर्दै अघि बढि रहे । बरफ को बाटो , तापक्रम माइनसमा , हिउँको चट्टान , जतिबेला पनि भत्केर थिच्न सक्ने हिउँको डल्लाहरु यस्तो पथलाई स्विकार गरेर उनिहरु एकएक गर्दै , ठाँउ ठाँउमा टेन्ट लगाउदै अगाडी बडिरहेका थिए ।

सगरमाथा चढ्ने क्रममा नै एकतिहाई यात्रा पारगरिसक्दा न्युजिल्याण्डका नागरिकले एउटा खाल्डो उफ्रेर जान लाग्दा उनको धेरै तौलको कारणले बरफ फुटेर उनि लड्नै लागिसकेका बेला एक महान् हृदय भएका नेपाली मन तेन्जिङ पनि त्यहाँ उपस्थित थिएो जसले मृत्युको मुखबाट ति नागरिकलाई बचाए । एउटा भनाई छ बाधा अडुचन भनेको गर्ने मान्छेलाई नै आउछ , त्यस्तै यो मृत्यु सरहको यात्रा गरिँरहदा तेन्जिङको समुह भन्दा अगाडी अर्को एउटा विदेशी टोली पनि सगरमाथाको आरोहण गरिरहेको थियो । जसले गर्दा नेपाली टोलीलाई दोस्रो हुने मौका मात्र थियो नभए विदेशी टोलीले नसकेर फर्किदा मात्र नेपाली टोलीको पहिलो हुने मौका थियो । विदेशी टोली सगरमाथाको चुचुरोका करिब ३०० मिटर छेउसम्म पुग्दा उनिहरुको अवस्था एकदमै नाजुक भयो र एककदम पनि पाइला चाल्न उनिहरुले सकेनन् , भन्छन् भाग्य हुनेको भुतको पनि कमारो हुन्छ , नेपाली भुमी , नेपाली मन अनि गर्छु भन्ने सक्छु भन्ने आत्मविश्वास् यो इतिहास नेपालीले नै लेख्नु थ्यो त्यसैले नेपालीलाई भाग्यले पनि एउटा मौका दियो माइनस २७ डिग्रिको तापक्रममा तेन्सिहंको नेपाली टोली अघि बढ्यो कठिनाईलाई लाई पछाडि छाड्दै अगाडि बडिरहे विश्वमै पहिलोपटक २९ मे १९५३ ११ बजेर ३० मिनेटमा पवित्र सगरमाथामा कुनै मानिसको चरण पुग्यो । यस प्रकारको खुसी सायद नै कोसैलाइ भको छैन होला । उनिहरुले आफुलाई विश्वकै अग्लो शिखरमा पाए , सुनैलो अक्षरमा इतिहासमा नाम लेखियो । पुरा भिडियो यस्तो छ ,

हामी नेपालीहरु साच्चै नै भाग्यमानी छौ जसको शिर विश्वमै सबैभन्दा अग्लो छ । गर्व गरौँ नेपाली भन्नमा । जय मातृभुमि ,

२०७५ पुष २४ गते १२:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर