शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते, पिडित बिद्यार्थीका बुवाले खोले घटनाको नालीवेली

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २२ गते ६:२७

केही दिन अघि रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएको खबर बाहिरिएको थियो भने हाल यो विषयले निकै ठूलो रुप लिएको छ । एक शिक्षिकाले १४ जना विधार्थीलाई कुटी घाइते बनाएका हुन् भने ती १४ मध्ये ५ जनाको हात नै भाच्चिएको छ ।

हिजोको भिडियोमा हामीले ती ५ जन विद्यार्थी जसको शिक्षिकाको कुटाईबट हात भाच्चिएको छ तीनीहरुसँगको भिडियो कुराकानी पेश गरेका थियौँ भने आज यस भिडियोमा हामी ती पिडित विद्यार्थीका पितासँग गरिएको कुराकानी पेश गर्दैछौँ ।

दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका हुन् ।

उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा गम्भीर चोट लागेको छ । उनीहरुको हातको आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको थियो ।

ती घाइते ५ मध्ये भीमकुमारी बाँठाका पिता खड्ग बहादुर बाँठाले आज मिडियासामु केही कुरा खोलेका छन् । हेर्नुहोस् के भने उनले? आखिर किन कुटिन् ती शिक्षिकाले यी विद्यार्थीहरुलाई ?

हेर्नुहोस् भिडियोमा…

२०७६ जेठ २२ गते ६:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर