सुन्दर र बाक्लो आँखीभौं बनाउनको लागि अप्नाउनुहोस् यी घरेलु उपाय (विधिसहित)
आजको खबर | प्रकाशित : २०७६ जेठ २९ गते १:४५
काठमाडौं । सुन्दरताको लागि अनुहारमा रौँ नहुनु राम्रो मानिन्छ। तर आँखा माथी हुने रौँ अर्थात आँखीभौं भने सुन्दरतामा निखार ल्याउने भाग हो । त्यसैलाई आँखीभौंलाई सुन्दर बनाउनको लागि आफूले चाहे अनुसारको आकार बनाउन युवायुवती पार्लर समेत धाउने गर्छन्।
केही महिलामा भने अनुहारको अरु भाग चिल्लो हुन्छ र आँखीभौं पनि निकै पातलो हुन्छ। जसले गर्दा उनीहरुले कालो गाजल लगाएर आँखीभौंको आकार बनेका हुन्छन्।
तर अरुले हेर्दा, त्यो अस्वाभाविक र भद्दा देखिन्छ। त्यस्तै, पानीबाट पनि त्यसलाई बचाउन सकिंदैन। त्यसैले आँखीभौंलाई बढाउने उपाय खोज्नु नै उत्तम हुन्छ।
आँखीभौं बढाउनको लागि जैतुन वा तोरीको तेल लगाउनुपर्छ। हरेक दिन बिहान र बेलुका गरि दुईपटक तेल लगाउनुपर्छ। त्यस्तै, अण्डाले पनि आँखीभौं बढाउन मद्दत पुग्छ।
यसको लागि एक महिनासम्म, एक दिन बिराएर आँखीभौंमा अण्डाको पहेंलो भाग लगाउनुपर्छ। यी सजिलो घरेलु विधिहरु नियमका साथ अपनाउने हो भने एक महिनामा आँखीभौं बाक्लो हुन्छ।