असार १ गते आइतबार निजी विद्यालयमा विदा

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३१ गते ९:१५

काठमाडौं । एक निजी विद्यालयका प्रिन्सिपलको निधनको शोकमा असार १ गते आइतबार काठमाडौं उपत्यकाका सबै निजी विद्यालयमा विदा दिइने भएको छ ।

कान्तिपुर एकेडेमी जोरपाटीका प्रिन्सिपल, गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष तथा काठमाडौं एनप्याब्सनका सहसचिव बालकुमार गुरुङको निधनको शोकमा आइतबार काठमाडौं उपत्यकाका निजी विद्यालयमा शोक विदा दिइने भएको हो ।

प्याब्सन काठमाडौं र एनप्याब्सन काठमाडौंले संयुक्त विज्ञप्ती निकाली शोक विदा दिनेबारे जानकारी दिएका हुन् । प्याब्सन काठमाडौंका अध्यक्ष हरि कृष्ण श्रेष्ठ र एन प्याब्सन काठमाडौंका अध्यक्ष विष्णु प्रसाद पराजुलीले संयुक्त विज्ञप्ती जारी गरी उक्त दिनका लागि तय गरिएको शोक विदाप्रति साथ दिनका लागि पनि सरोकारवाला सबै निकायलाई आग्रह गरिएको छ ।

गुरुङको बिहीबार निधन भएको हो ।

२०७६ जेठ ३१ गते ९:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर