जानी राखौँ : गर्मी मौसममा भुईकटहर खानुका ७ फाईदा (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असार ३ गते १:४८

एजेन्सी । भुई कटहर गर्मी महिनामा पाईने फल हो । खाँदा निकै स्वादिष्ट हुने यसमा पानीको मात्रा भरपुर पाईन्छ । भुईकटहर खानुका यस्ता छन् फाईदा :

१. भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले सरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ ।

२. भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ ।

३. भुइँकटहरमा क्यालोरी कम मात्रामा हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु राम्रो हुन्छ ।

४. मुटु सम्बन्धि विभिन्न रोगबाट ग्रसित मानिसहरुका लागि भुइँ कटहरको सेवन लाभदायक हुन्छ । उच्च रक्तचाप तथा मुटुरोगको जोखिम कम हुनुका साथै रोगीलाई समेत फाइदा हुन्छ ।

५. भुइँ कटहरमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलो सँग उपापचयन हुन्छ । भोक कम गर्ने हुँदा मोटोपना घटाउन समेत भुईकटहरले सहयोग गर्छ ।

६. यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ । भुइँ कटहरले अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ ।

७. भुइँकटरहमा हुने यी लगायत भिटामिन सी जस्ता तत्वहरुले जिउको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग पुराउँछ ।

भिडियो :

२०७६ असार ३ गते १:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर