प्रधानमन्त्रीको सम्बोधनमा कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभा स्थगित

आजको खबर   |    प्रकाशित : २०७६ असार ३ गते ७:०४

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ। कांग्रेस सांसदहरुको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन हुन सकेन।

सभामुख कृष्णबहादुर महराले मंगलबारको बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै कांग्रेसका सांसदहरु उभिएका थिए। त्यत्तिकैमा सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नको लागि समय दिएपछि कांग्रेस सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेका हुन्।

सम्बोधनका लागि प्रधानमन्त्री ओली रोष्ट्रममा पुगेपनि कांग्रेस सांसदहरुको निरन्तरको नाराबाजी पछि सम्बोधन हुन सकेन। ध्यानाकर्षण गराउँदा गराउँदै सभामुखले प्रधानमन्त्रीलाई समय दिएको भन्दै कांग्रेस सांसदहरुले संसदीय गरिमा कायम गर्न माग गर्दे नाराबाजी गरिरहे। केही समयको नाराबाजी पछि सभामुख महराले बैठक बुधबार सम्मका लागि स्थगित भएको घोषणा गरे।

२०७६ असार ३ गते ७:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर