जापानमा नेपाली युवामाथि हमला, एक युवतीसहित ४ जना नेपाली पक्राउ

आजको खबर   |    प्रकाशित : २०७६ असार ६ गते ५:१३

टोकियो । जापानको टोकियोमा नेपालीमाथि नै  कुटपिटमा संलग्न रहेको आरोपमा एक युवतीसहित ४ जना नेपाली पक्राउ परेका छन् ।

जापानी समाचार संस्था याहु न्युजकाअनुसार ‘टोकियो ब्रर्दश’ नामको संस्थामा आवाद्धसहित ४ जनालाई कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

‘टोकियो ब्रर्दश’ जापानमा रहेका नेपाली युवाहरूको एकता, भाइचारा र मित्रताको नाममा खोलिएको संस्था हो। पक्राउ पर्नेमा ३० वर्षीय सुनिता शाही, २७ वर्षका दिलिप लामा छन् भने बाँकी २ जनाको परिचय खुलाइएको छैन् ।

समाचारमा जनाइएअनुसार पक्राउ परेका उनीहरूले गएको मे ५ तारिख रातको समयमा टोकियोको पर्यटकीय स्थल सिन्जुक क्षेत्रमा बाटेमा हिँडदै गरेका नाम नखुलाइएका एक १९ वर्षे नेपाली युवालाई सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट  उनको अनुहारको हड्डी नै भाँचिएको बताइएको छ ।

भिडियो :

२०७६ असार ६ गते ५:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर