बस पल्टिँदा सत्र घाइते

आजको खबर   |    प्रकाशित : २०७६ असार ८ गते ६:२१

काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना४ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताउनुभयो । अन्य १२ घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

२०७६ असार ८ गते ६:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर