कानूनको नजरमा सबै नागरिक समान हुन्छन् : प्रहरी महानिरीक्षक खनाल

आजको खबर   |    प्रकाशित : २०७६ असार १२ गते १:५३

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानून र कानून कार्यान्वयनको क्रममा प्रहरी दृष्टिकोणमा सबै नागरिक समान हुने धारणा व्यक्त गरेका छन्।

समुदाय–प्रहरी साझेदारी, प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘प्रहरीसँग एक दिन’ कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त धारणा व्यक्त गरेका हुन्।

कानूनले हेर्ने दृष्टिकोण सबैलाई समान हुने विश्वास दिलाउने प्रयास समुदाय(प्रहरी साझेदारी कार्यक्रम मार्फत गरिएको चर्चा गर्दै उनले भने, ‘नियम पालना गराउँदा वा प्रतिवन्धित काम गर्न नदिँदा प्रहरीलाई दोष दिने प्रवृत्ति राम्रो होइन।’

शिक्षाको गुणस्तर राम्रो बनाउन र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी, विद्यालय र समाज एकसाथ मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘यही कुरा हरेक स्कुल र समाजमा बुझाउनुपर्छ भन्ने भावना जागेकोले विद्यालय सम्पर्क कार्यक्रम ल्याइएको हो।’ के काम गरे अपराध हुन्छ भन्ने जानकारी नभए पनि अपराधमा फस्ने भएकोले सबैले अनुशासनमा बसेर अगाडि बढेमा समस्या नआउने उनले बताए।

२०७६ असार १२ गते १:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर