गल्बन्दी विवाद मिलेपछि सेल्फि खिचाए प्रकाश सपूत र शम्भु राईले, क्षतीपूर्ती के तिरे प्रकाशले ?

आजको खबर   |    प्रकाशित : २०७६ असार १२ गते ४:१९

काठमाडौं । सुपर हिट लोक दोहोरी गीत गलबन्दीको लयमा देखिएको विवाद समधान भएको छ । गायक प्रकाश सपूतले ल्याएको गलबन्दी च्यातियो बोलको गीतमा शम्भु राईको देउसी भैलो बोलको गीतको लय मिलेको भन्दै राईले प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यलयमा मुद्दा दायर गरेपछि यो विवादे कानुनी रुप लिएको थियो ।

तर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सक्रियतामा दुबै स्रष्टा सहमति गर्न राजी भएपछि बुधबार चार बुँदे सहमति भएको छ । सहमतिसँगै दुबै स्रष्टाले मोबाइलमा सेल्फि खिचाएका छन् ।

चार बुँदे सहमतिमा गल्बन्दी बोलको गीतमा लय शम्भु राईको पुनर्लय प्रकाश सपुतको राख्ने सहमति भएको छ । यस्तै यो गीतमा अन्य कुनै विवाद देखिए दुबै पक्षले सहजीकरण गर्ने पनि सहमति भएको छ ।

गायक शम्भु राईले गलबन्दी बोलको गीतबाट आर्जन हुने कुनै पनि आयमा दाबी नगर्ने भएका छन् ।

भिडियो :

२०७६ असार १२ गते ४:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर