नेपाल प्रहरीद्वारा ९९ हजार ५ सय २५ वटा विरूवा वृक्षारोपण

आजको खबर   |    प्रकाशित : २०७६ असार १६ गते ०:१४

काठमाडौं । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा एक प्रहरी कर्मचारीले कम्तीमा २ वटा फलफुल विरूवाको वृक्षारोपण गर्ने अभियान अन्तर्गत नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा विभिन्न जातका ९९ हजार ५ सय २५ वटा विरूवा वृक्षारोपण गरेको छ।

नेपाल सरकारको ‘एक नागरिक एक फलफुल विरूवा रोपण अभियान’ अन्तर्गत वातावरण संरक्षण गर्ने उद्देश्य सहित सम्बन्धित क्षेत्रका वन कार्यालय तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय जनसमुदायसँगको समन्वयमा सम्पूर्ण प्रहरी कार्यालय परिसरभित्र र बाहिर तथा सार्वजनिक स्थानमा गरी उक्त संख्यामा वृक्षारोपण गरिएको हो।

नेपाल सरकारको उक्त वृक्षारोपण अभियानलाई नेपाल प्रहरीले उच्च महत्व दिएर सफल कार्यान्वयनका लागि सक्रिय रुपमा सहभागी भएको  छ।

२०७६ असार १६ गते ०:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर