विमानस्थलमा आदित्य नारायण झालाई ढाका टोपीले स्वागत, भन्छन् ‘नेपाल मेरो घर’

आजको खबर   |    प्रकाशित : २०७६ असार २१ गते १७:००

काठमाण्डौ । चर्चित गायक तथा नायक आदित्य नारायण झा आज नेपाल आएका छन् । आदित्य नारायण ठमेल स्थित क्लब फरेनहाइटमा हुने कार्यक्रम ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ का आगि नेपाल आएका हुन् ।

उक्त कार्यक्रममा उनले आफना चर्चित गीतहरुसंगै नेपाली गीतहरु पनि गाउँने कार्यक्रम रहेको छ । विमानस्थलमा उनलाई ढाका टोपी र खादा लगाएर स्वागत गरेका थिए । लामो समयपछि नेपाल आएका उनले पत्रकारहरुसँग बोल्दै नेपाल आफनो घर भएको र उनले अब नेपाल आईरहने बताए ।

आदित्य नारायण चर्चित गायक उदित नारायण झा र दीपा नारायण झाको एकमात्र सन्तान हुन् । बाल कलाकार देखि नायक बनेर बलिउडमा अभिनयसमेत गरेका आदित्यले गीत पनि थुप्रै गाईसकेका छन् । उनले बिभिन्न भारतिय रियालिटी शोहरुलाई पनि होस्ट गरिसकेका छन् । यस अघि आदित्य पोखरामा कन्सर्ट गरेर फर्किएका थिए ।

२०७६ असार २१ गते १७:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर