टी–ट्वान्टी सिरिज खेल्न नेपाली टोली आज मलेसिया जाँदै

आजको खबर   |    प्रकाशित : २०७६ असार २४ गते ४:११

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियासँग २ म्याचको टी–२० सिरिज खेल्न आज क्वालालाम्पुर जाँदैछ । शनिबार र आइतबार हुने सिरिजका लागि पारस खड्का नेतृत्वको नेपाली टोली दिउँसो १ बजे मलेसिया जान लागेको हो ।

टोलीमा रहेका रोहित कुमार पौडेल र पवन सर्राफ एसीसी अण्डर १९ ईष्टर्न रिजन क्रिकेट प्रतियोगिता खेल्न मलेसियामै रहेकाले उनीहरु त्यहीबाट टोलीमा सहभागी हुनेछन् । झण्डै १० दिनको मलेसिया भ्रमणपछि नेपाली टोली ट्वान्टी–२० विश्वकप क्रिकेटको एसियाली छनोट खेल्न सिंगापुर जानेछ । टी–२० विश्वकपको एसियाली छनोट जुलाई २२ देखि २८ सम्म सिंगापुरमा हुँदैछ ।

प्रतियोगितामा नेपाल, सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् । नेपालले एसिया छनोटको पहिलो खेल कतारसँग २३ जुलाईमा खेल्नेछ।

नेपाली टोलीः

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेस्वाकर, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, करण केसी, प्रदिप ऐरी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, अभिनाश बोहोरा, राहित पौडेल र पवन शर्राफ।

यस्तो रहेको छ एसिया छनोटको खेल तालिका 

२०७६ असार २४ गते ४:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर