फिफा विश्वकप छनोटः नेपालले आज कुवेतको सामना गर्दै

आजको खबर   |    प्रकाशित : २०७६ भदौ १९ गते ५:३१

काठमाडाैं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत नेपालले बिहीबार कुवेतसँग खेल्दै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।

प्रशिक्षक योहान कालिनले यसअघिका कप्तान विराज महर्जनलाई टोलीमा समावेश गरेका छैनन्। विराज हालै मलेसियाको शीर्ष डिभिजन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा थिएनन्।

विश्वकपअन्तर्गत दोस्रो चरणको एसियाली छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। समूहमा नेपालसँगै बलियो अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन्। नेपालले कुवेतसँग बिहीबार उसैको मैदानमा खेल्दै छनोटको सुरुवात गर्नेछ।

होम एन्ड अवेका आधारमा खेलाइने छनोट खेल सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ तारिखसम्म चल्नेछ। नेपालले कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ तारिखमा खेल्नेछ। नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेई र अक्टोबर १५ मा जोर्डनसँग खेल्नेछ।

नेपालले चाइनिज ताइपेईसँग सन् २०२० मार्च २६ र जोर्डनसँग सन् २०२० को जुन ४ मा दोस्रो खेल खेल्नेछ। समूह चरणको अन्तिम खेल नेपालले अस्ट्रेलियासँग अक्टोबर १० तारिखमा उसैको मैदानमा र सन् २०२० को मार्च ३१ तारिखमा घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ।

नेपाली टिमः

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिपेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डरः सुनिल बल, रवि पासवान, अन्जन विस्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ,विक्रम लामा, तेज तामाङ, सन्तोस तामाङ, विशाल राई, रोहित चन्द

फरवार्डः विमल घर्तीमगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ

२०७६ भदौ १९ गते ५:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर