आज पनि घट्यो सुनको भाउ, हेुर्नहोस् तोलाको कति?

आजको खबर   |    प्रकाशित : २०७६ असोज १० गते ७:५४

काठमाडौँ । आज (शुक्रबार) पनि सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको भाउ आज दुई सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला ७० हजार ८ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।

२०७६ असोज १० गते ७:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर