सावधान! हरियो आलु खानु विष पिउनु समान, जान्नुहोस् यसको रहस्य (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज ११ गते १:२२

 

काठमाण्डौँ । आलु संसारको सबै भुभागमा प्रयोग गरिन्छ । आलु तपाईले प्रत्येक घरको भान्सामा पाउन सक्नु हुन्छ । आलु हाम्रो मुख्य खानेकुरामा पर्छ । अझ भन्नु पर्दा आलुलाई त तरकारीको राजा नै मानिन्छ ।

तर, के तपाईलाई आलुका प्रकारका बारेमा थाहा छ त ? आलुको रंगरुप कस्तो हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । तर तपाईले कहिल्यै बिचार गर्नु भएको छ, कतिपय आलु हरियो रंगको पनि हुन्छ ?

यदि हरियो आलुको स्वाद तीतो छ भने, यस्तो आलु खानै हुँदैन । यस्ता आलुहरु स्वस्थ्यकर हुँदैनन् । यो तीतो स्वाद भनेको आलुमा उपलब्ध विष हो । सबै भन्दा राम्रो के हो भने हरियो रंगको आलु कहिल्यै प्रयोग नगर्नुहोस र आफ्नो अमुल्य स्वास्थ्य बचाई राख्नुहोस् ।

हरियो आलु बिर्सेर पनि प्रयोग नगर्नु किनकि त्यो स्वास्थ्यको लागि अत्यन्तै हानिकारक हुन्छ । अझै भन्ने हो भने हरियो आलु सेवन गर्नु भनेको विष सेवन गर्नु जस्तै हो । हरियो रंग आलुमा एक प्रकारको क्लोरोफिलबाट आउँछ । बैज्ञानिकहरुको अध्ययन अनुसार हरियो आलुमा सोलानिन नामक एक विषादी हुन्छ जसले पखाला, बान्ता, रिंगटा, टाउको दुख्ने र अन्य रोगहरु निम्त्याउँछ ।

क्लोरोफिल मानव स्वास्थ्यका लागि साँच्चिनै हानिकारक हुन्छ । यही क्लोरोफिलका कारण आलु हरियो भएको हो । युनिभरसिटी अफ नेवरास्का(लिंकनका प्रोफेसर अलेग्जेन्डर पाभलिस्टाका अनुसार, ४५ किलो ग्राम तौल भएको मानिसले करिव आधा किलो ग्राम हरियो आलु खायो भने उसलाई बिभिन्न रोगहरुले एकै पटक आक्रमण गर्छ र उ बिरामी परि हाल्छ ।

भिडियो :

२०७६ असोज ११ गते १:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर