साढे १८ हजार रुपैयाँसहित कौडा खेल्ने १२ जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७६ असोज ११ गते १:२६

भोजपुर । भोजपुरमा साढे १८ हजार रुपैयाँसहित कौडा खेल्ने १२ जना पक्राउ परेका छन्।

जिल्लाको षडानद नगरपालिका १ बार्ता बस्ने एकराज कार्कीको घरमा कौडा खेलिरहेका कार्की लगायत १२ जनालाई नगद १८ हजार ७ सय रुपैयाँ र १६ थान कौडा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा अस्थाई प्रहरी चौकी कात्तिकेघाटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

२०७६ असोज ११ गते १:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर