साताको पहिलो दिन पनि घट्यो सुनको भाउ, कति पुग्यो ? हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ असोज १२ गते ७:५५

काठमाडौँ । आज (आइतबार) पनि सुनको भाउ ओरालो लागेको छ । गत बिहिबार ८ सय तथा शुक्रबार २ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि ६ सय रुपैयाँ घटेको छ।

आज छापावाल सुन प्रतितोला ७० हजार २ सय तथा तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ७० हजार ८ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार हिजो चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।

२०७६ असोज १२ गते ७:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर