श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्न माग

आजको खबर   |    प्रकाशित : २०७६ असोज १४ गते ०:१३

काठमाडौं । श्रमिक महिला रक्षक सङ्घले अनौपचारिक क्षेत्रमा क्रियाशील श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्न माग गरेको छ।

सङ्घले आज यहाँ आयोजना गरेको ‘सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जन क्षेत्र’ विषयक अन्तक्र्रियामा सांसद रामकुमारी झाँक्रीले अनौपचारिक क्षेत्रमा गरिने सबै प्रकारका कामलाई अब औपचारिक बनाउनुपर्नेमा जोड दिए।

उनले निजी क्षेत्रमा सङ्गठित सबै कामदारलाई कोषमा अनिवार्य रुपमा सूचिकृत गर्न व्यवस्था गरिएकाले सम्बन्धित व्यवसायीले आफ्नो संस्था र श्रमिकलाई सूचिबद्ध गर्नुपर्नेमा जोड दिए।

पूर्वमन्त्री परशुराम खापुङले सामाजिक सुरक्षामा आवद्ध भएपछि श्रमिकले योगदानमा आधारित सुविधा प्राप्त गर्नसक्ने हुँदा यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताए।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले लागू गरेको श्रम ऐनलाई व्यवसायीले मानेर त्यसलाई कार्यन्वयन गर्नुपर्नेमा जोडदिँदै त्यस्तो कार्यले व्यवसायलाई मर्यादित बनाउने उद्यमी तथा श्रमिकलाई थप सुरक्षित बनाउने बताए।

ट्रेड युनियनकर्मी ऋषभदेव घिमिरेले श्रमिकलाई आधारभूत ज्याला नदिएको यस क्षेत्रलाई व्यवस्थित बनाउन खाँचो औँल्याए। आयोजक सङ्घका अध्यक्ष सविना लिम्बूले अनौपचारिक क्षेत्रका कामदारले अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुर्यौएकोले यस व्यवसायलाई मर्यादित र सुरक्षित गर्नुपर्ने उल्लेख गरे।

एक लाख ५० हजारका सामग्री वितरण

सनराइज बैंकले १२ औँ वार्षिकोत्सवको अवसरमा बाल मन्दिरका बालबालिका आज करिब रु एक लाख ५० हजार बराबरको सामग्री वितरण गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले नक्सालमा आयोजना गरेको कार्यक्रममा बाल मन्दिरलाई खाद्यान्न, लत्ताकपडा, जुत्तालगायत सामग्री हस्तान्तरण गरेका हुन्।

प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौड्यालले बाल मन्दिरका महासचिव देशभक्त श्रेष्ठलाई सो सहयोग हस्तान्तरण गरेको छ।

प्रमुख कार्यकारी अधिकृत पौड्डालले बालबालिका भविष्यका कर्णधार भएकाले यस्ता असाहय बालबालिकालाई सबै तहबाट सहयोग गर्न सकेमा उनीहरुको लालनपालन, स्वास्थ्य, शिक्षाका साथै भविष्य सुनिश्चित हुने विश्वास व्यक्त गरे।

बैंकका सञ्चालक समितिका सदस्य आशा राणा, बच्छराज तातेड, दीपक नेपाल तथा शारदा शर्मा पुडासैनी लगायतले सरकारले लिएको विकास र समृद्धिको अभियानलाई पूरा गर्न बैंक दृढतापूर्वक अगाडि बढेको बताउँदै देशभर कृषि क्षेत्रलाई व्यावसायिक तथा प्रविधियुक्त बनाउन बैंकले १२ प्रतिशत लगानी गरिरहेको र आगामी दिनमा १५ प्रतिशत पु¥याउने लक्ष्य राखेको जानकारी दिए।

बाल मन्दिरमा हाल ९२ बालबालिका आश्रित छन्। काठमाडौँ उपत्यका तथा बाहिर गरी बालमन्दिरअन्तर्गत १० आश्रयस्थल रहेको जनाइएको छ।रासस

२०७६ असोज १४ गते ०:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर