ऋतिक ‘सुपर ३०’ का आनन्दबाट यसरी बने ‘वार’का कबीर, भाइरल भयो भिडियो

आजको खबर   |    प्रकाशित : २०७६ असोज २४ गते १२:३१

एजेन्सी । ऋतिक रोशनका लागि यो वर्ष निकै नै राम्रो रह्यो । उनले अभिनय गरेको चलचित्र ‘सुपर ३०’ ले बक्स अफिसमा राम्रो व्यापार गर्यो ।

अब अहिले उनको प्रदर्शनमा रहेको चलचित्र ‘वार’ले बक्स अफिसका रेकर्ड तोडिरहेको छ । चलचित्र ‘सुपर ३०’का लागि एक बिहारीको भूमिकामा देखिनु र तुरुन्तै ‘वार’का लागि कबीरको भूमिकामा देखिनु उनका लागि निकै चुनौती थियो ।

ऋतिकले सोसल मिडिया इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेका छन् । जसमा उनी कबीरको भूमिकाका लागि जीममा एक्सरसाइज गरिरहेका छन् ।

https://www.instagram.com/tv/B3bks2BHl3k/?utm_source=ig_web_copy_link

यो भिडियो सेयर गर्दै उनले लेखेका छन् । ‘द वदर साइड अफ कबीर बीहाइन्ड द सीन्स्’ उनले अगाडि लेखेका छन्, ‘यो सबै २०१८ मा सुरु भयो ।’

ऋतिकले भनेका छन्, ‘परिवर्तन सबैभन्दा गाह्रो थियो । जसमा मैले गुज्रिनु थियो । एक मात्र व्यक्ति जसलाई मैले दोश दिनु थियो त्यो म आफै थिए ।’

ढाडको चोट बाधा बनेर उनका अगाडि आएको थियो । तरपनि उनले आफ्नो लक्ष हासिल गर्न एक लामो बाटो तय गरे तर त्यहाँ पुग्न उनीसँग समय कम थियो ।

उनी यस अघिको चलचित्र ‘सुपर ३०’को आनन्द भूमिकाका लागि मोटाएका थिए ।

२०७६ असोज २४ गते १२:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर