पूर्वमन्त्री ढकालद्वारा फिलिपिन्सका उपराष्ट्रपतिसँग शिष्टाचार भेट

आजको खबर   |    प्रकाशित : २०७६ असोज २९ गते ७:०१

काठमाण्डौं। फिलिपिन्स भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवं पूर्व मन्त्री एकनाथ ढकालले फिलिपिन्सको उप राष्ट्रपति लेनी रोब्रेडोसँग शिष्टाचार भेट गरेका छन्।

पूर्व मन्त्री ढकालको सचिवालयका अनुसार मनिला स्थित उप राष्ट्रपतिको कार्यालयमा भएको भेटमा बिश्व शान्ति, भ्रातृत्व र आपसि सद्भाव लगायतका बिषयमा छलफल भएको थियो।

भेटका क्रममा पूर्व मन्त्री एवं अध्यक्ष ढकालले नेपालले सन् २०२० मा मनाउन लागेको भ्रमण बर्ष लगायतका बिषयमा उपराष्ट्रपति लेनीलाई जानकारी गराएका थिए।

उनले नेपाल राजनीतिक स्थिरताबाट समृद्धि तर्फ अघि बढेको बिषयमा पनि उपराष्ट्रपति लेनीलाई जानकारी गराएकाे बताइएको छ। अध्यक्ष ढकाल केही दिनदेखि फिलिपिन्स भ्रमणमा छन्।

२०७६ असोज २९ गते ७:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर