बिहेको कुरा लिएर गायक हेमन्त शर्मा र फुलन्देकी आमाबिच दोहोरी घम्साघम्सी (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज २९ गते ७:४४

काठमाडौं । नेपाल टेलिजिनबाट प्रशारित बिल्कुलै नयाँ कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को ५० औँ भाग सार्वजनिक भएको छ । हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरु पाहुना बनाएर ल्याइन्छ रमाइलो गफगाफ गरिन्छ ।

यसै सिलसिलामा यो मुन्द्रेको ५०औँ अर्थात गोल्डेन जुब्ली एपिसोेडमा नेपाली सांगितिक क्षेत्रका चर्चित तथा लोकप्रिय गायक हेमन्त राणा अतिथिका रुपमा आएका छन् । यी गायक लोकप्रिय गायक हुन् जसले थुप्रै हिट गीतहरु गाइसकेका छन् भने उनको भर्खरै मात्र लोकगायिका विष्णु माझीसँगको लोकगीत बजारमा ल्याएका छन् जुन चिकै चर्चामा छ ।

हेमनत राणले कार्यक्रममा निकै मस्ती गरेका छन् भने उनले पवनकलीसँग छिटो छिटो मिठो मिठो पनि खेलेका छन् भने फुलन्देकी आमासँग दोहोरी घम्साघम्सी समेत परेको थियो ।

यस कार्यक्रममा अध्यक्षको भूमिकामा सर्बाधिक रुचाइएको चलचित्र ‘छक्का पञ्जा ३’ की निर्देशक दीपाश्री निरौला रहेकी छन् भने कार्यक्रम संचालक चर्चित हाँस्य कलाकार जितु नेपाल अर्थात मुन्द्रे रहेका छन ।

त्यसै गरि चर्चित कलाकार राजाराम पौडेल घरबेटीको रुपमा, उमेश राई (फुलेन्देको आमा), राजेन्द्र नेपाली (लट्टे) र घरबेटीको साली बनेर लुनिभा तुलाधार अर्थात पवनकली पनि कार्यक्रममा सहभागी छन् ।

हेर्नुहोस् मुन्द्रेको कमेडी क्लबको यस ताजा एपिसोड :

२०७६ असोज २९ गते ७:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर