आज घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस् …

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १ गते ८:०७

काठमाडौं । आज साताको छैटौँ दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ । बुधबार एक सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार र शुक्रबार स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने थोरै बढेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

२०७६ कार्तिक १ गते ८:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर