महिला क्रिकेटको ट्रफी चन्द्रागिरीमा

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ६ गते ७:५३

काठमाडौं । पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) क्रिकेटको उपाधि ट्रफी चन्द्रागिरी हिल्समा सार्वजनिक गरिएको छ ।

डब्लुसीलको उपाधि भिडन्त अघि बुधबार ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको हो । उपाधि ट्रफी फाइनल पुगेका दुई टिम क्याट क्विन्स काठमाडौं र चितवन राइनोजका कप्तान र प्रशिक्षकहरुले सार्वजनिक गरेका थिए ।

डब्लुसीलको फाइनल खेल बिहिबार टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीको स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।

२०७६ कार्तिक ६ गते ७:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर