छमछमी सिजन ४ को ग्राण्ड फिनाले (आज) शनिबार

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ९ गते ५:५५

काठमाडौँ । नेपाल टेलिभिजनको मौलिक ‘मेगा डान्स रियालिटी शो’ रियो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा आज (शनिबार) हुने भएको छ।

नेपाली सेनाको आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुतिसहित हुने विशेष कार्यक्रमको नेपाल टेलिभिजन र एनटिभी कोहलपुरले शनिबार राति प्रत्यक्ष प्रसारण गर्नेछन्।

२०७५ साल कात्तिक १७ गतेबाट शुरु भएको यस प्रतियोगितामा देशका सात वटै प्रदेशका ११ स्थानमा प्रतिस्पर्धीको छनोट गरिएको थियो।

काठमाडौँ, विर्तामोड, इटहरी, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा भएका छनोट शत्रमा सयौँको सहभागिता थियो।

छनोटका विभिन्न चरण पार गर्दै आएका प्रतियोगीमध्येबाट हाल पाँचजना प्रतियोगी अन्तिम प्रतिष्पर्धामा छन् ।

तिनै प्रतियोगीबाट एसएमएस भोटिङको आधारमा एक जना विजेता छानिनेछ भने अन्य दुई जना फस्ट रनर अप र सेकेण्ड रनर अप छानिनेछन्।

अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाका दीलमाया लिम्बू, महोत्तरीका नेशन सुस्लिङ मगर, मकवानपुरका सन्ध्या आचार्य र पोखराका सपना धाही थापा छन् ।

प्रतियोगिताको विजेताले अल्टो के १० कार प्राप्त गर्नेछन् भने फस्ट रनरअपले ५ लाख बराबरको र सेकेण्ड रनरअपले रु तीन लाख बराबरको उपहार प्राप्त गर्नेछन् ।

यसैगरीे उत्कृष्ट सात जनाले रु एक एक लाख बराबरको उपहार प्राप्त गर्नेछन् । यस प्रतियोगिताका निर्णायक मण्डलमा चर्चित नृत्याङ्गना एवं अभिनेत्री मिथिला शर्मा, कोरियोग्राफर महेश गोदार र नायिका सञ्चिता लुइँटेल रहेका छन् ।

नेपालको विभिन्न भाषा, कला, संस्कृति र साहित्यको संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले विसं २०६६ लमा नेपाल टेलिभिजनको रजत महोत्सवको अवसर पारेर डान्स रियालिटी शो छमछमीको शुरुआत भएको हो।

कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालगायत विशिष्ट व्यक्तित्व तथा कलाकारको समेत सहभागिता रहने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिए ।

छमछमी नाम दिएर शुरु गरिएको नेपालकै पहिलो रियालिटी शोको पहिलो सिजनमा झापाकी अनुजा अग्रवाल विजेता भएकी थिईन् भने सिजन–२ मा झापाकै साजन तामाङ विजयी भए । यसैगरी तेस्रो सिजनको विजेता हेटौँडाका सरोज प्रजा भएका थिए ।

२०७६ कार्तिक ९ गते ५:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर