सौगात मल्ल अभिनीत चलचित्र ‘माछा माछा’ को ट्रेलर युट्युबमा सार्वजनिक (ट्रेलर सहित)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ९ गते ६:४६

काठमाडौँ । अभिनेता सौगात मल्ल अभिनीत चलचित्र “माछा माछा” को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । इन्टरटेनिङ र इन्गेजिङको युट्युब च्यानल मार्फत चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

२९ कात्तिकबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रको मूलकथा ट्रेलरमार्फत् प्रस्ट्याउन खोजिएको छ । पैसा कमाउन तीन युवाले गर्ने संघर्षलाई ट्रेलरमा देख्न सकिन्छ । चलचित्रमा विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको अभिनय छ ।

शिवराम श्रेष्ठले खिचेको चलचित्रलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह–निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् ।

चलचित्रमा सौगातको जोडी अभिनेत्री नम्रता श्रेष्ठसँग बाँधिएको छ । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ ।

हेर्नुहोस् ट्रेलर :

२०७६ कार्तिक ९ गते ६:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर