भारतमाथि बंगलादेशको ऐतिहासिक जित, दिल्लीमा भारतको कमजोर प्रदर्शन

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १८ गते २:१८

नयाँ दिल्ली (एजेन्सी)। बंगलादेशले भारतमाथि आइतबार टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित हात पारेको छ। त्यो पनि भारतमा उसैलाई पराजित गरेर। भारतको राजधानी दिल्लीस्थित फिरोज शाह कोटला मैदानमा आइतबार भएको पहिलो टि ट्वान्टीमा बंगलादेशले भारतलाई ७ विकेटले पराजित गरेको छ।

कोटला मैदानमा टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको भारतले १४८ रन बनाएको थियो। १४९ रनको लक्ष्य पाएको बंगलादेशले ३ विकेट गुमाएर ३ बल बाँकी रहँदा १५२ रन बनाउँदै भारतलाई पहिलो पटक पराजित गर्यो।

जितसँगै बंगलादेशले ३ खेलको श्रृंखला १–०को अग्रतासमेत बनाएको छ। शकिब अल हसन र तमिम इकवालले नखेलेको खेलमा बंगलादेशको यो पहिलो जित समेत हो। इकवालले केही समय नखेल्ने बताएका थिए भने शकिब आईसीसीको २ वर्षे प्रतिबन्धमा परेका छन्।

बंगलादेशको ऐतिहासिक जितमा मुस्फिकर रहमानले ४३ बलमा नटआउट ६० रन बनाए। यस्तै कप्तान महमदुल्ला ३ बलमा ७ रन बनाएर नटाआउट रहे।

भारतका लागि दिपक चाहर, खलिल अहमद र युजवेन्द्र चहलले एकएक विकेट लिए। यसअघि भारतलाई सम्मानजनक स्कोरसम्म पुर्याउन शिखर धवनले ११ रन बनाएका थिए।

२०७६ कार्तिक १८ गते २:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर