एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगिता फागुनमा!

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १९ गते ५:५७

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले फागुन तेस्रो साता थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन पुरुष टि–२० प्रतियोगिता खेल्ने भएको छ ।

सन् २०२० मा हुने एसीसी एसिया कप २०२० को छनोटको रुपमा रहेको यस प्रतियोगिता पहिलो चरणको छनोट प्रतियोगिता हो । इस्टर्न रिजनबाट उत्कृष्ट दुई टोली र वेस्टर्न रिजनबाट उत्कृष्ट दुई टोली गरेर अगस्टमा अन्तिम चरणको छनोट हुनेछ । उक्त छनोटबाट एक टोली एसिया कपका लागि छनोट हुनेछ । सन् २०२० को एसिया कप सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने कार्यक्रम रहेको छ । यद्यपी पाकिस्तानले प्रतियोगिताका केहि खेल पाकिस्तानमा खेलाएर अन्य खेल यूएईमा खेलाउने सम्भावना रहेको छ ।

इस्टर्न रिजनमा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुर रहेका छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल पुग्ने दुई टोली अन्तिम चरणको प्रतियोगिताका लागि छनोट हुनेछन् ।

नेपाली सिनियर टोली यसअघि सन् २०१८ को एसिया कप छनोटको अन्तिम चरणमा पराजित भएको थियो । त्यसबेला अन्तिम चरणमा सहभागी ६ टोलीमध्य नेपाल चौथो स्थानमा रहेको थियो । उक्त छनोटमा हङकङले यूएईलाई पराजित गर्दै एसिया कप खेलेको थियो । नेपालले त्यसबेला इस्टर्न रिजनमा भने कीर्तिमानी प्रदर्शन गरेको थियो ।

२०७६ कार्तिक १९ गते ५:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर