‘मुन्द्रेको कमेडी क्लव’मा ‘सक्किगोनी’का कलाकारहरु, भयो यस्तो रमाइलो (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १९ गते ५:१५

काठमाडौं । नेपाल टेलिजिनबाट प्रशारित बिल्कुलै नयाँ कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को ५३ औँ भाग सार्वजनिक भएको छ । हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरु पाहुना बनाएर ल्याइन्छ रमाइलो गफगाफ गरिन्छ ।

यसै सिलसिलामा यो हप्ता दर्शकहरुको निकै नै प्रिय हास्य कलाकारहरु कुमार कट्टेल (जिग्री), रक्षा श्रेष्ठ र अर्जुन घिमिरे (पाँडे) अतिथिका रुपमा आएका छन् । यी कलाकारहरु आफ्नो केही समय यता प्रसारण भइरहेको निकै नै चर्चित कार्यक्रम सक्किगोनीको प्रमोसनको लागि आएका हुन् ।

‘सक्किगोनी’ एक नपाली हाँस्य टेलिश्रङ्खला हो जुन छोटो समयमा नै निकै चर्चित भएको छ । भद्गोल टेलिश्रङ्खला रोकिएपछि त्यसैका कलाकाहरु मिलेर बनाएको ‘सक्किगोनी’मा उनी पात्रहरु रहेका छन् भने दर्शकहरुले निकै मनपराएका छन् ।

यस कार्यक्रम मुन्द्रेको कमेडी क्लबमा अध्यक्षको भूमिकामा सर्बाधिक रुचाइएको चलचित्र ‘छक्का पञ्जा ३’ की निर्देशक दीपाश्री निरौला रहेकी छन् भने कार्यक्रम संचालक चर्चित हाँस्य कलाकार जितु नेपाल अर्थात मुन्द्रे रहेका छन ।

त्यसै गरि चर्चित कलाकार राजाराम पौडेल घरबेटीको रुपमा, उमेश राई (फुलेन्देको आमा), राजेन्द्र नेपाली (लट्टे) र घरबेटीको साली बनेर लुनिभा तुलाधार अर्थात पवनकली पनि कार्यक्रममा सहभागी छन् ।

हेर्नुहोस् मुन्द्रेको कमेडी क्लवको ताजा एपिसोड :

२०७६ कार्तिक १९ गते ५:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर