ट्रक दुर्घटना हुँदा एकको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ पुष १८ गते १५:०९
धादि । काफलपानीबाट ज्वालामुखी गाउँपालिकाको सुनखानीतर्फ जाँदै गरेको मिनी ट्रक बुधबार दुर्घटना हुँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरी उपरीक्षक डम्बरबहादुर विकका अनुसार बा ४ ख ८६५८ नम्बरको मिनी ट्रक दुर्घटनापछि जिल्ला अस्पतालमा उपचारको क्रममा ज्वालामुखी गाउँपालिका–१ का ५५ वर्षीय रिम्के परियारको मृत्यु भएको हो । पल्टिएर भएको दुर्घटनामा घाइते चार जनाकोे जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
२०७५ पुष १८ गते १५:०९ मा प्रकाशित