बानेश्वरमा होस्टेलको छतबाट खसेर बालिकाको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ साउन २९ गते ६:२८
काठमाडौं। काठमाडौंको वानेश्वरमा होस्टेलको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।
बानेश्वर प्रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेश्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० घर भएका सन्तोष कुमार कर्णको ४ वर्षीया छोरी साक्क्षकुमारी कर्णको सोमबार मृत्यु भएको हो ।
होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०७५ साउन २९ गते ६:२८ मा प्रकाशित