रवि ओडले गीत बिगारेको भन्दै लोकदोहोरी प्रतिष्ठानबाटै अलग्गिए बसन्त थापा

आजको खबर   |    प्रकाशित : २०७५ माघ २३ गते ८:२५

काठमाडौं । दोश्रो नेपाल आइडल रवि ओडले ‘सालको पात…’ बोलको गीत विगारेको भन्दै असन्तुष्टि जनाएका संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन्।

बसन्त थापाले सोमबार राति आफ्नो फेसबुकमा लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ। त्यसैले आजका मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु।’

अष्ट्रेलियामा आयोजित कन्सर्टमा रवि ओडले बसन्तद्वारा संगीतबद्ध चर्चित लोकदोहोरी ‘सालको पात’ गाएका थिए। तर, उनले गीतको लिरिक्स बिगारेका थिए।

अनुमति नलिएको र तोडमोड भएको भन्दै बसन्तले असन्तुष्टि जनाएका थिए। त्यसै कुरालाई लिएर आ–आफ्ना शुभ चिन्तकहरुले एक अर्कालाई आरोप प्रत्यारोपको गाली गरे।

तयारी बिना दर्शकको मागअनुसार गीत गाउँदा त्रुटि हुन पुगेको भन्दै रविले बसन्त थापासंग माफी पनि मागिसकेका छन्।

२०७५ माघ २३ गते ८:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर