पलको फिल्म हेर्न पुगेकी तेरिया रुदै निस्किइन्, फिल्म खेल्न लागेको कुरा आउँदा आक्रोशित

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २ गते ७:३९

भोलीबाट रिलिजमा आउने नेपाली फिल्म ‘बीर बिक्रम २’ को बुधबार भव्य प्रिमियर शो आयोजना गरियो । मिलन चाम्स निर्देशित फिल्मको प्रिमियरमा पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ लगायत फिल्मका मुख्य कलाकार मुख्य आकर्षणको केन्द्रमा रहे ।

यस्तै प्रिमियर शोमा अभिनेता तथा निर्देशक भुवन केसी, अभिनेता शिव श्रेष्ठ, नायिका पूजा शर्मा, शिल्पा मास्के, दिपाश्री निरौला साथै अन्य थुप्रै कलाकारहरुको उपस्थित थियो ।

निदेर्शक चाम्सले भने फिल्मको प्रिमियर निकै नै भव्य बनाएका थिए । फिल्मका मुख्य कलाकारहरुलाई ब्याण्ड बाजाले स्वागत गरिएको थियो भने कलाकारहरु पनि निकै सज्जिएर आएका थिए ।

त्यस्तै, प्रिमियर हेर्नका लागि तेरिया मगर पनि हल पुगेकी थिइ्न । तेरिया त्यस्ता नेपाली चली हुन् जसले भारतमा नृत्य शोहरुमा तहल पिट्की थिइन् । उनी बीर ब्रिकमको हेरेर रोएको साथै सबै कलाकारहरुले निकै राम्रो अभिनय गरेको बताइन् । साथै आफू फिल्म खेल्ने गलत समाचार केही समय अघि छापेको विषयमा पनि बोेलेकी छिन् ।

मिलन चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा पल, नाजित, बर्षा र बुद्दीको अलावा देशभक्त खनाल, बिनिशा भण्डारी, बिनोद सुवेदी खत्री लगायतको पनि अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियोमा तेरियासँगको छोटो कुराकानी…

२०७६ जेठ २ गते ७:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर