प्रभु समुहको प्रभु टि.भि. नेपालमा

आजको खबर   |    प्रकाशित : २०७५ असार २५ गते ८:२०

काठमाडौँ। प्रभु समुहले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशारण डिभिबी–टि२ मा आधारित भएर प्रभु टि।भि। को सेवा प्रारम्भ गरेको छ। यसका साथै सुचना प्रविधिको विकासको क्रम संगै ओटिटि (OTT) प्रणालीमा आधारित भएर मोबाईल, ट्याब्लेट तथा ल्यापटपमा समेत आफूले छानेको च्यानलहरु हेर्न सकिने छ।

आइतबार आयोजित कार्यक्रममा प्रभु समुहका अध्यक्ष श्री देवी प्रकाश भट्टचनज्युले यस सेवाको प्रदर्शन गरि शुभारम्भ गरे।
नेपाल सरकारबाट लाईसेन्स प्राप्त संस्थाले प्रभु टि.भि.कल साईनमा देशव्यापी रुपमा वर्षको ३६५ दिन नै उच्च गुणस्तरिय डिजिटल टिभि च्यानलहरुको प्रशारण सेवा प्रदान गर्नेछ । यस प्रभु टिभि कल साईन मार्फत डिभिबी–टि२ प्रविधिमा आधारित भएर विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय टिभि च्यानलहरु टिभि तथा आटिटि प्रविधिमा मोवाईल, ट्याव्लेट तथा ल्याबटपमा ईन्टरनेटको माध्यमबाट देशभरि नै वितरण गर्नेछ।

प्रभु टिभिको आधिकारिक सेटअप बक्स र जडान गर्न सहज एटिनाको खरीदसंगै ग्राहकलाई सबै स्थानिय प्रशारित टिभि च्यानलहरुको पहुंच हुनेछ। यसका साथै अन्र्तराष्ट्रिय टिभि च्यानलहरु र विशेष कार्यक्रमहरु समेत उच्च गुण स्तरमा न्युनतम शुल्कमा हेर्न सकिनेछ।

प्रारम्भिक रुपमा यस प्रभु टिभिले काठमाण्डौ, चितवन र पोखरामा आफ्ना सेवाहरु प्रदान गर्ने भएतापनि भविष्यमा अन्य स्थानहरुमा क्रमिक रुपमा विस्तार गर्दै लैजानेछ। निकट भविष्यमा पुर्वांचल क्षेत्र, बुटवल भैरहवा, नेपालगंज, कोहलपुरमा समेत प्रशारण गर्ने लक्ष्य लिईएको छ।

प्रभु टिभिले विभिन्न प्रकारका च्यानलहरु वालवालिका, चलचित्र, खेलकुद, संगीत, मनोरंजन र सुचनामुलक नेपाली तथा अन्र्तराष्ट्रिय च्यानलहरु समेत प्रस्तुत गर्नेछ। ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर विभिन्न प्रारम्भिक प्याकेजहरुको व्यवस्था गरिएको छ। जस अन्र्तगत एकल प्रयोगकर्ताको हकमा छ महिनाको शुल्क रु १६०० तथा सेटअप बक्स वापत रु. १००० र संस्थागत प्रयोगकर्ताहरु लाई मासिक रु.२००, सेटअप बक्स वापत रु. ८०० पर्नेछ ।

२०७५ असार २५ गते ८:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर