६ घण्टापछि खुल्यो पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक

आजको खबर   |    प्रकाशित : २०७५ असार २६ गते ६:१५

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ ।

पहिरोका कारण आज बिहान ५ बजेदेखि अवरुद्ध सडक छ घण्टापछि ११ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं २९, घुमाउनेमा ठूलो पहिरो खसेको थियो । सो ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

त्यसैगरी, सोही सडकको टोपेखोला र जलबिरेमा पनि पहिरो खसेको थियो । पहिरो खसेका सबै ठाउँको पहिरो पन्छाएपछि सवारी पूर्णरुपमा सञ्चालनमा आएका छन् ।

पहिरोका कारण रोकिएका सवारी पहिरो पन्छाएर सञ्चालनमा आएपछि आफ्नो गन्तव्यतर्फ लागेका छन् । विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँ ठाउँमा पहिरो खस्ने सम्भावना भएकाले सचेत भएर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । रासस

२०७५ असार २६ गते ६:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर