ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ असार २७ गते ११:४७

आठराई, तेह्रथुम । लालीगुराँस नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ ।

को २ त ४०५३ नम्बरको ट्र्याक्टर लालीगुराँस नगरपालिकाको वन्तपुरस्थित प्रगति टोलमा दुर्घटना हुँदा ट्र्याक्टर चालक सूर्य लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गम्भीर घाइते लिम्बूको प्राथमिक स्वास्थ्य केन्द्र वसन्तपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्लाबाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

२०७५ असार २७ गते ११:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर