बलिउडका यी चर्चित ५ हिरोइन, जोसँग छैन भारतीय नागरिकता

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते १२:४७

एजेन्सी। बलिउडमा यस्ता कैयौं कलाकार छन् जो भारतीय होइनन् । तर पनि भारतीय दर्शकको मनका उनीहरुको अभिनय र सुन्दरताप्रति निकै प्रेम छ । उनीहरु भारतीय फिल्ममा नै करिअर बनाएर यतै सेट भएका छन् । यद्यपि उनीहरुसँग भारतीय नागरिकता भने छैन । आउनुहोस् जानौं यस्ता बलिउड हिरोइनको बारेमा जोसँग भारतीय नागरिकता छैन ।

१. कट्रिना कैफः कट्रिना कैफको वास्तविक नाम कट्रिना टारकुटो हो । उनी १६ जुलाइ १९८३ मा हङकङमा जन्मिएकी हुन् । बलिउडमा आज कट्रिनालाई टप हिरोइनमा गनिन्छ । कट्रिना हङकङमा जन्मिएको भए पनि उनको नागरिकता भने बेलायती छ । कट्रिनाले २००३ मा आएको फिल्म बूमबाट बलिउड डेब्यू गरेकी थिइन् ।

२. नरगिस फखरीः बलिउड हिरोइन नरगिस फखरी २० अक्टोबर १९७९ मा न्यूयोर्कमा जन्मिएकी हुन् । नरगिस अमेरिकल मोडल र हिरोइन हुन् जो बलिउडमा सेटल भएकी छिन् । २०११ मा फिल्म रकस्टारबाट उनले बलिउड करिअर सुरु गरेकी थिइन् । उनको नागरिकता पाकिस्तानी–चेक र अमेरिकन मिश्रित छ ।

३. ज्याकलिन फर्नान्डिजः ज्याकलिन फर्नान्डिज श्रीलंकन हुन् । उनको जन्म ११ अगष्ट १९८५ मा बहराइनको मनामामा भएको थियो । ज्याकलिनले आफ्नो फिल्मी करिअरको सुरुवात २००९ मा अमिताभ बच्चन र रितेश देशमुखसँग फिल्म आलादिनबाट गरेकी हुन् । उनको नागरिकता श्रीलंकाली छ ।

४. सनी लियोनीः बलिउडकी बेबी डल सनी लियोनी पनि भारतीय नागरिक होइनन् । १३ मे १९८१ मा क्यानडाको सर्नियामा जन्मिएकी सनीको वास्तविक नाम करनजीत कौर वोहरा हो । उनी विवाहित हुन् र उनको नागरिकता अमेरिकन–क्यानेडियन छ ।

५. एली अवरामः मिकी भाइरस स्टार एली अवरामसँग पनि भारतीइ नागरिकता छैन । उनी स्वेडेनकी नागरिक हुन् । उनी टिभी प्रस्तोता समेत हुन् । कैयौं बलिउड फिल्ममा आइटम नम्बर गरेकी एलीसँग स्वेडेनको नागरिकता छ ।

२०७५ साउन १५ गते १२:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर