जानवि कपूरको चलचित्र ‘धडक’ सय करोड क्लवमा शामिल

आजको खबर   |    प्रकाशित : २०७५ साउन १७ गते १३:०१

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेबीकी छोरी जानवि कपूर र ईशान खट्टरको पहिलो रोमान्टिक चलचित्र ‘धडक’प्रर्दशनमा आएको दश दिनमा सय करोड कमाउन सफल भएको छ । जुलाई २० देखि प्रर्दशनमा आएको चलचित्र सफल निर्देशक शशांक खेतानले निर्देशन गरेका हुन ।

चलचित्रमा अन्र्तजातिय विवाह र राजनितिक दलका एक नेताको सोच तथा राजनितिलाई आधार बनाएर तयार पारिएको छ । यस्तो विभिन्न खालका रोचक तथा धेरैको जीवनमा आधारित रहेको कथावस्तुलाई फिल्मले उतार्न खोजेको छ ।

फिल्मका निर्माता र धर्म प्रोडक्शंसले आफ्नो खुसी सोशल मिडिया मार्फत सार्वजनिक गरेका छन् ।

२०७५ साउन १७ गते १३:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर