श्रीमतीले नाकको डाँडीमा मुक्का प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु
आजको खबर | प्रकाशित : २०७५ साउन १७ गते १४:११

दोलखा । दोलखाको जिरी नगरपालिकामा श्रीमतीको मुक्का प्रहारबाट श्रीमानको ज्यान गएको छ । जिल्ला प्रहरी कायालय दोलखाले दिएको जानकारी अनुसार आज बिहान १० बजे श्रीमान–श्रीमतीबीचमा घरायसी विवाद हुँदा श्रीमतीको मुक्का प्रहारबाट श्रीमानको ज्यान गएको हो ।
दोलखाको जिरी नगरपालिका वडा नं. ३ माली बस्ने ५५ वर्षीया नाङगेल शेर्पाको मृत्यु भएको हो । आङलुङ शेर्पाले श्रीमान नाङ्गेल शेर्पालाई नाकमा प्रहार गरेकी थिइन् । श्रीमतीको कुटाइबाट श्रीमानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
श्रीमती आङलुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय जिरीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिए ।
२०७५ साउन १७ गते १४:११ मा प्रकाशित