प्रधानन्यायाधीशमा जोशी अस्वीकृत हुनुका यस्ता ५ कारण

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते ९:३६

काठमाडौं ।  संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकृत गर्नुको कारण सार्वजनिक गरेको छ।

प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच समितिले जोशीको नाम अस्वीकृत गरेको थियो । १५ सदस्यीय समितिमा जोशीको विपक्षीमा १० मत परेको थियो, जुन प्रस्तावित नाम अस्वीकार गर्न चाहिने दुई तिहाई हो ।

मतदानका आधारमा जोशीलाई अस्वीकृत गरिएको भएपनि जोशीको विपक्षमा मतदान गर्ने सत्ताधारी दलका सांसदहरूले जोशी अस्वीकृत हुनुका ५ कारण सार्वजनिक गरेका हुन्। नेकपाका सांसद योगेश भट्टराईले लिखित रुपमा ५ वटा कारण बताएका छन्।

हेरौं जोशी अस्वीकृति हुनुका कारणहरू–

१ न्यायालयको नेतृत्व गर्दा के गर्छु भन्ने ठोस अवधारणा सार्वजनिक गर्न नसकेको  ।

२ आचरण, इमान्दारिता र कार्यक्षमताका विषयमा उठेको प्रश्नमा सन्तोषजनक जवाफ दिन नसकेको ।

३ शैक्षिक प्रमाण पत्र र जन्म मितिका विषयमा उठेका प्रश्नमा सन्तोषजनक जवाफ दिन नसकेको ।

४ पूर्व न्यायाधीशहरूबाट लिखित रुपमै कार्यक्षमता अभाव भएको भनी टिप्पणी भएकोले  ।

५ प्रधानन्यायाधीश हुँदै गर्दा न्यायालय विकृतिविहीन हुन्छ भन्नेमा सदस्यहरू विश्वस्त हुन नसकेकोले ।

२०७५ साउन १८ गते ९:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर