२ हजार वर्ष पुरानो चिहानको कुहिएको रगत पिउन हजारौंको होडबाजी
आजको खबर | प्रकाशित : २०७५ साउन १८ गते १५:००

एजेन्सी। करिब तीन हप्ता पहिले मिश्रको एलेक्जेन्ड्रिया शहरमा पुरातत्वविद्को टिम पुग्यो । टिमले जमिनमा उत्खननको काम सुरु गर्यो। हेर्दाहेर्दै करिब १६ फिट गहिराइसम्म खनेपछि एउटा ढुंगाको चिहान भेटियो। २७ हजार किलो तौलको यो ताबुत खोल्ने कोसिस सुरु भयो।
त्यही बेला कैयौं व्यक्तिले अधिकारीहरुलाई रोक्दै यदि यो ताबुत खुल्यो भने विनाश हुने चेतावनी दिए । उनहिरुको भनाइ थियो कि यो ताबुत श्रापित थियो । विरोधका बीच ताबुत खोलियो । ताबुत खुल्नासाथ त्यहाँ भएका सबैको चित्कार निस्कियो । ताबुतभित्र तीन नरकंकाल थिए। दुर्घटना यति थियो कि सहनै कठिन थियो तर पनि मानिसहरु त्यहाँबाट हटेनन्।
मिश्रमा भेटिएका यी तीन ममीसँग न कुनै गहना भेटियो न कुनै बहुमूल्य सामान । यहाँसम्म कि यिनीहरुको मास्क पनि सुन वा चाँदीका थिएनन्। यो कुनै गरिब परिवारको ममी भएको मानिएको छ । तीनवटै कंकाललाई एजेक्जेन्ड्रिया नेशनल म्युजियममा पठाइएको छ । ताबुत सेनाको जिम्मा लगाइएको छ । यति भएपछि घटना शान्त भयो भन्ने ठानिएको थियो तर अहिले यो खोजका कारण नयाँ सनसनी मच्चिएको छ ।
एक व्यक्तिले माग गरेका छन् कि उनी ताबुतमा भेटिएको रगत पिउन चाहन्छन् । यही मात्र होइन उनले अनलाइनमा एक याचना पत्र दायर गरेका छन् जसलाई ३१ हजार भन्दा धेरैले समर्थन दिइसकेका छन् । उनीहरुको तर्क छ कि उनहिरु मिश्रका मानिसको यो रगत पिएर उनीहरुको जस्तै शक्ति हासिल गर्न चाहन्छन् । उनीहरुको मान्यता छ कि यो निकै शक्तिशाली छ।