‘मिस्टर भर्जिन’ को प्यारोडी बनाउनेलाई ५० हजार

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते ९:४१

अहिले फिल्म बनाएर मात्र पुग्दैन, गतिलो प्रचारप्रसारले पनि फिल्मको कमाईमा ठूलो प्रभाव पार्छ । वर्षमा सय बढी फिल्म प्रदर्शन हुने हुँदा कुन मितिमा कुन-कुन फिल्म रिलिज हुँदैछन् दर्शक अनविज्ञ हुन्छन् ।

र्‍याली, माइकिङ, पोस्टर–पम्प्लेट मात्र अब फिल्मको प्रचारका लागि काफी छैन । पछिल्लो समय फिल्मको विषयमा जानकारी दिन विभिन्न प्रतियोगिताहरूको आयोजना गर्ने गरिन्छ । यसबीच, भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको यौन मनोविज्ञानमा निर्मित फिल्म ‘मिस्टर भर्जिन’ ले ट्रेलरको प्यारोडी प्रतियोगिता घोषणा गरेको छ ।

सहभागीहरुले ट्रेलरको प्यारोडीलाई info.tridentconcept@gmail.com मा पठाउनु पर्नेछ । प्यारोडी साउन ३० सम्म उक्त इमेलमा पठाउनु पर्ने निर्देशक विशारद बस्नेतले जानकारी दिए । इमेलमा प्राप्त प्यारोडीमध्ये उत्कृष्ट तीनले क्रमशः ५० हजार, २५ हजार र १० हजार रकम पुरस्कार जित्न सक्नेछन् ।

वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ ।

यस फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।

२०७५ साउन १९ गते ९:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर