छोरीका खुशीकालागि बाबुले केसम्म गरेनन्, आँशु झार्ने कहानी

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते १४:४९

एजेन्सी। अमेरिकाको पेन्सिलवेनियामा यस्तो समाचार सार्वजनिक भएको छ, जसलाई पढेपछि आँखाबाट आँशु आउँछ। पेन्सिलवेनियाको पिट्सबर्गमा बस्ने एक व्यक्तिले एकै समयमा तीनवटासम्म काम गर्थे। किनभने उनले आफ्नी छोरीकालागि मनपर्ने कपडा किन्नु थियो।

१४ वर्षीया नवेह स्मिथलाई एउटा कपडा निकै मनपर्यो। जसको मूल्य २ सय डलर थियो। नवेहका बुवा रिकी स्मिथको आर्थिक अवस्था राम्रो थिएन। उनीसँग आफ्नी छोरीलाई २ सय डलरको कपडा किन्ने पैसा थिएन। ३६ वर्षीय रिकी आफ्नी छोरीको आँखामा खुशी देख्न चाहन्थे।

रिकीले आफ्नी छोरीलाई दुई जोर कपडा किन्ने योजना बनाएका थिए। तर यो योजना रिकीकालागि निकै चुनौतीपूर्ण थियो। तर उनले आफ्नी छोरीको खुशीकालागि जस्तो सुकै चुनौती पार गर्नसमेत तयार थिए। जसका बारेमा हामी सोच्नसमेत सक्दैनौं। छोरीकालागि कपडा किन्न रिकीले एकैसाथ तीनवटा जागिर गरे। उनी एक स्टोरमा दिनरात काम गर्थे। र, छोरीको कपडा किन्ने पैसा जम्मा गरे। पैसा जम्मा पारेपछि उनले सिधै स्टोरमा गएर छोरीकालागि कपडा किने।

उनले कपडा किनेपछि सिधै श्रीमतीलाई आफूले छोरीकालागि कपडा किनेको बताए। त्यसपछि दुवै जनाले छोरी नवेहलाई सरप्राइज दिने योजना बनाए। त्यसपछि आमाले छोरी नवेहलाई लिएर बुवा काम गर्ने स्टोरमा पुगिन्। त्यसपछि रिकीले छोरीको हातमा ब्याग दिए। ब्याग खोलेर हेर्दा नवेह निकै खुशी भइन् किनभने त्यहाँ उनले मन पराएको कपडा थिए। नवेहले स्कुलको कार्यक्रम लगाउन उक्त कपडा मन पराएकी थिइन्।

२०७५ साउन २० गते १४:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर