लोकनाथ सापकोटाको गीत ‘लाउँदैनन् सारी’ : तीजमा मौलाएको विकृतिमाथिको प्रहार

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते ४:१८

काठमाडौं । मौलिकतामा जोड दिई गीतहरु ल्याउँदै आएका गायक तथा सर्जक लोकनाथ सापकोटाले यस वर्ष पनि मौलिक तीज गीत स्रोता तथा दर्शकसामु ल्याएका छन् ।

उनले ‘आजकलका नारी लाउँदैनन् सारी’बोलको मौलिक तीज गीत बजारमा ल्याएका हुन। लोकनाथ सापकोटा र सीता खनालको स्वर समावेश गीतमा पछिल्लो समय तीज पर्वमा समाजमा मौलाएको विकृतिमाथी प्रहार गरिएको छ । सापकोटाकै रचना÷संगीत रहेको गीत आइतबारमात्रै सार्वजनिक भएको हो ।

व्यवसायिकता भन्दा पनि मौलिकतामा ध्यान दिनुपर्ने लोकनाथको तर्क छ । नेपाली पहिरन हराउँदै गएको, तीज गीतको मौलिकता हराउँदै रत्यौली भित्रिएको जस्ता कुराको चर्चा गर्दै तीज पर्वको मौलिकता जोगाउनका लागि यो गीत ल्याएको सापकोटा बताउँछन् ।

गीतको भिडियोमा मदन खडका र करिष्मा ढकालले नृत्य गरेका छन् । त्यस्तै सुरविर पण्डित, काउली बुढी र टंक लगायतलाई पनि फिचरिङ गरिएको छ । मदन खडकाको निर्देशन रहेको भिडियोमा टंक केसीको छायाँकन र विकास ज्ञवालीको सम्पादन रहेको छ ।

गतवर्ष सापकोटाले आफ्नो शब्द तथा लय संकलन तथा सञ्चारकर्मी अनिता विन्दुको स्वरमा ‘प्यारो माइती…’ बोलको मौलिक तीज गीत सार्वजनिक गरेका थिए ।

२०७५ साउन २१ गते ४:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर