फिल्मको ८० प्रतिशत नाफा लिने आमिरले किन गरेनन् ‘ठग्स अफ हिन्दुस्तान’ सँग नाफा बाँड्ने सम्झौता?

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १०:०६

मुम्बइ। बलिउडमा तीन खानको उचाइ निर्माता र ठूला स्टुडियो भन्दा पनि ठूलो छ । सामान्यतया आमिर खान, शाहरुख खान र सलमान खानले यो आफैं तय गर्छन् कि फिल्मको कर्मामा उनीहरुले कति पाउँछन् । एक दशक पहिलेसम्म यी तीनैजनाले फिल्मको लागि निश्चित पारिश्रमिक लिन्थे । अहिले भने यी तीनले फिल्मको नाफामा निश्चित प्रतिशत लिन्छन् । उनीहरुको भाग ५० प्रतिशतबाट सुरु हुन्छ ।

फिल्मको कमाइबाट सभैभन्दा धेरै प्रतिशत नाफा आमिर खानले लिन्छन् । उनले एक अन्तरवार्तामा रेकर्डमै सुरक्षित रहने गरी भनेका थिए कि उनले फिल्मको कमाइको ८० प्रतिशत लिन्छन् । यही कारण बलिउडमा चर्चा थियो कि आमिरले ‘ठग्स अफ हिन्दोस्तान’को लागि पनि यशराजसँग सम्झौता गरेका छन् । तर यसबारेमा यशराजका प्रवक्ताले निकै आश्चर्यजनक कुरा गरेका छन् । उनले आमिर र यशराजबीच नाफा बाँड्ने विषयमा कुनै सम्झौता नभएको बताएका छन् ।
सामान्यतया फिल्मबाट नाफा लिने सुपरस्टारको नाफा कति प्रतिशत हुने भन्ने यसबाट तय हुन्छ कि फिल्म निर्माणमा लगानी गर्ने ब्यानर र स्टुडियो कति ठूला छन् । उदाहरणका लागि अन्य फिल्मबाट ८० प्रतिशतसम्म नाफा लिने आमिर खानले दंगलबाट भने ३३ प्रतिशत मात्रै नाफा लिएका थिए । यसको कारण यो थियो कि फिल्म निर्माणदेखि वितरणसम्म कैयौं कम्पनी र व्यक्तिहरु थिए । यो फिल्ममा आमिरका अलावा किरण राव र सिद्धार्थ रोय कपुर समेत फिल्मका निर्माता थिए । वितरणको जिम्मा वाल्ट डिज्नी र युटिभी मोसन पिक्चर्सको हातमा थियो ।

‘ठग्स अफ हिन्दोस्तान’मा भने आमिर र यशराजको मात्र साझेदारी छ । यस्तोमा आमिर खानले यो फिल्मबाट ८० प्रतिशत नाफा लिने सम्झौता हुने सम्भावना बलियो थियो । वितरकको पूर्वानुमानअनुसार यो फिल्मले भारतमा मात्र ५ सय करोड भन्दा बढीको बिजनेस गर्नेछ । तर अहिलेसम्म यशराजले यस्तो कुनै पनि सम्झौता भएको कुरालाई अस्वीकार गर्दै आइरहेको छ । यशराजले अहिलेसम्म यो कुराको समेत पुष्टि गरेको छैन कि फिल्मबाट आमिरले कति प्रतिशत नाफा पाउनेछन् ।

आमिरले एक अन्तरवार्तामा भनेका थिए ‘मसँग कमाइ त्यतिबेला मात्र आउँछ जब फिल्मको लागत सबै प्रकारले उठ्छ । जब निर्माता र अन्यको पैसा उठ्छ तब मेरो कमाइ सुरु हुन्छ । मैले छुट्टै पारिश्रमिक लिन्न र आफ्नो समय र मेहनत खर्च गरेको हुन्छु त्यसैले मैले नाफा बाँड्छु । साथमा यो कुरा पनि निश्चित गर्छु कि जुन फिल्म मैले साइन गरेको छु त्यो घाटामा नजाओस् । यही कारण मैले नाफामा पनि उत्तिकै बढी प्रतिशत लिन्छु ।

२०७५ साउन २१ गते १०:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर