‘भारत’पछि प्रियंकाले हलिउडको ‘क्वांटिको’ पनि छोडिन्, लेखिन् मन छुने सन्देश

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १२:५२

मुम्बइ। बलिउड फिल्म ‘भारत’ छोडेलगत्तै प्रियंका चोपडाले हलिउडको अन्तर्राष्ट्रिय शो ‘क्वांटिको’ पनि छोडेकी छिन् । स्वयं प्रियंकाले यसको जानकारी सामाजिक संजालमार्फत दिएकी हुन् । प्रियंकाले इन्स्टाग्राममा एउटा भावनात्मक पोस्ट लेखेकी छिन् जहाँ उनले क्वांटिको समेत छोडेको उल्लेख गरेकी छिन् ।

प्रियंकाले लेखेकी छिन् ‘सिरिज पूरा भइसकेको छ त्यसैले मैले एलेक्स पेरिसको रोललाई अलविदा भन्दैछु । उसको स्टोरी पूरा भइसकेको छ र यो एक अभिनेत्री हुनुको नाताले निकै राम्रो अनुभव हो ।’ प्रियंकाले अगाडि लेखेकी छिन् ‘एलेक्स पेरिसको रोल गर्नु मेरो लागि शारीरिक र भावनात्मक रुपले चुनौतीपूर्ण रह्यो । तर मलाई आशा छ कि यसले महिला प्रतिभाको लागि मुख्य भूमिकामा राख्नको लागि बाटो खोलेको छ ।’

प्रियंकाले आफ्नो पोस्टमा दर्शक, शोका कास्ट र क्रु सदस्य तथा टिमप्रति आभार व्यक्त गरेकी छिन् । उनले अगाडि लेखेकी छिन् ‘शोका क्रममा निकै रमाइलो भयो र नयाँ नयाँ साथी पनि बने । यी सबै स्मरणीय पलहरु सधैं मसँग रहनेछन् । तपाइँहरु सबैसँग काम गरेर रमाइलो अनुभूति भयो र यहाँहरुसँग फेरि भेटको प्रतिक्षा रहनेछ।’

२०७५ साउन २१ गते १२:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर