झारफुकको बहानामा महिलालाई बलात्कार गर्ने धामी पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १४:४६

झारफुकको बहानमा महिलालाई बलात्कार गरेको आरोपमा दाङको घोराहीबाट एकजना धामी पक्राउ परेका छन् । धामीले बलात्कार गरेको पुष्टि भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई धामी बताउँदै आएका घोराही उपमहानगरपालिका–१६ सर्राका ५५ वर्षीय प्रेमबहादुर विकले झारफुक गर्ने भन्दै एक महिलालाई बलात्कार गरेका थिए । आफ्नो कोठामा बोलाई साउन १६ गते उनले महिलालाई बलात्कार गरेका थिए । पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि धामी विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विकलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा अनुसन्धान सुरु गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।

२०७५ साउन २१ गते १४:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर