३५ करोड लागतमा सार्कस्तरीय प्रदर्शनी कक्ष बन्ने

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते ३:२९

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग विकास समितिले लघु, घरेलु तथा साना उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गर्ने भएको छ ।

लामो समयदेखि लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको समितिले काठमाडौँको बत्तिसपुतलीमा सार्कस्तरीय लघु, घरेलु तथा साना उद्योग प्रदर्शनी तथा बिक्री कक्ष निर्माण गर्न लागेको हो । ३५ करोड रुपैयाँको लागतमा एउटा ठूलो र दुई मध्यम हलसहित ६ तल्ले भवन निर्माण गर्न लागिएको समितिका प्रवक्ता विश्वरमण आचार्यले जानकारी दिए । उक्त भवन ११ रोपनी क्षेत्रफलमा निर्माण गरिनेछ ।

‘भवन निर्माणले लघु, घरेलु तथा साना उद्योगको विकासमा सहयोग पुग्नेछ,’ उनले भने। भवन निर्माणका लागि सरकारले चालू आवमा दुई करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

सो भवन बहुवर्षीय योजनाअनुसार निर्माण हुनेछ । हाल समितिले देशभरका लघु, घरेलु तथा साना उद्योगको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपस्थित हलमा गर्दै आएको छ ।रासस

२०७५ साउन २५ गते ३:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर